A.D.:
Nepal Samvat: 1145 KAULAGA DASHAMI - 25
Click here https://emrtds.nepalpassport.gov.np/ for E-Passport Online Application
Note: Please set the time zone in your computer to 'Kathmandu time zone' before starting the online application process. Otherwise, you might not see available slots for the application.
The Consulate General will accept application for a new/renewal Nepali e-passport and enroll the biometrics details of the applicant for the same. Hence, an applicant is required to be present in person at the Consulate General on the scheduled date and time.
Steps required for e-passport application
Applicants without prior appointment will not be able to submit their application at the Consulate General.
Please read carefully the instructions for filling out the form.
The system requires that you must complete your online application within 30 minutes; otherwise, the application session will expire, and you need to start afresh. Therefore, it is advised to have scanned copies of following documents in hand as they will be required during the application process.
For adults above 16 years, prepare soft copies of the following documents (Please make sure that the scanned copies are clear and the file size of each of these documents is less than 300 KB):
For minors who have not obtained citizenship certificate yet, prepare scan copies of following documents:
How to book an appointment?
Applicants must book an appointment through the link below
How to book an appointment and fill out the online application form?
First Issuance
Renewal
Replacement (Lost/Stolen)/
Replacement (Damaged).
Handwritten passport holders, if any, must choose First Issuance.
Preparation for the day of the appointment
On the day of your appointment, please bring the following documents (in the following order).
For Renewal:
Note: Applicants above 16 years without a Citizenship Certificate who are unable to travel to Nepal to obtain the Citizenship Certificate can apply for passport renewal with a validity of two years only (This is only applicable for renewal the first time, and after the two years, you must present a citizenship certificate for renewal of your passport).
For Replacement (in case of lost/stolen/damaged):
For Minor:
Important: WE WILL NOT BE ABLE TO PROCESS YOUR APPLICATION IF YOU DO NOT BRING THE REQUIRED DOCUMENTS AND COPIES TO THE CONSULATE. Arriving unprepared or without the necessary documents will result in delays and/or holds in the processing until the required documents are received.
Fee structure
E-Passport 34 Pages
New Application/ Renewal $150/-
Replacement due to loss/damage $225/-
For Minor (below 10 years) new/renewal $75/-
For Minor (below 10 years) replacement due to loss/damage $112.50
E-Passport 66 Pages (if available)
New Application/ Renewal $200/-
Replacement due to loss/damage $300/-
Please note that the Consulate General only accepts Cashier"s Check or Money Order for payment at present. Please make the Cashier"s Check or Money Order in the name of CONSULATE GENERAL OF NEPAL DALLAS.
Delivery/ Pickup
Passport delivery from Nepal can take 6-8 weeks after the biometric appointment. Once your passport arrives at the Consulate, the Consulate General notifies you through notice of the receipt of passport at the Consulate. Since it will take 2-3 days to prepare your passport for dispatch after it arrives here, if you opted for postal service, wait for 7 days to track the envelope.
If you opted for pickup, you can collect your passport from the Consulate after the Consulate notifies the receipt of the passport at the Consulate. To collect your own passport, please bring your Identification card from either the US or Nepal. If you are picking up on behalf of someone else, please bring an authorization letter along with your own ID for verification.
For further details, please visit the website of the Department of Passports: https://nepalpassport.gov.np/.
For specific queries, please write an email to: passport@nepalconsulatedallas.org
Click here https://emrtds.nepalpassport.gov.np/ for E-Passport Online Application
नोटः आफ्नो कम्प्यूटरको टाइम जोन परिवर्तन गरी काठमाडौंको टाइम जोन सेट गरेपछि मात्र अनलाइन फारामको उपलब्ध मिति र समय देखिने हुंदा अनलाइन फाराम भर्नुअघि अनिवार्य रूपमा टाइम जोन परिवर्तन गर्नुहोला।
यस महावाणिज्यदूतावासबाट विद्युतीय राहदानीका लागि आवेदन संकलन खुल्ला गरिएको छ । राहदानी आवेदनका लागि अनलाइन आवेदन फाराम (Pre Enrollment) भरिसकेपछि उपलब्ध हुने मिति र समयमा बायोमेट्रिक विवरणको लागि आवेदक स्वयं महावाणिज्यदूतावासमा उपस्थित हुनुपर्नेछ । राहदानी आवेदनका लागि महावाणिज्यदूतावासमा आउनुपूर्व देहायको तयारी गर्नुहोला।
राहदानी आवेदनका लागि आवश्यक कागजातहरू
राहदानी नविकरणको लागि
हराएको वा साथमा नरहेको राहदानीको सट्टामा राहदानी (Replacement-Lost/Stolen)
बिग्रेको राहदानीको सट्टामा राहदानी (Damaged)
नाबालकको राहदानी नवीकरणको लागि
नाबालकको बुबा र आमाको वैध अमेरिकी अध्यागमन स्थिति दर्शाउने कागजात
राहदानी दस्तुर
३४ पेजको राहदानीको लागि
नयाँ बनाउन वा नवीकरण गर्न अ.ड. १५०
हराएको वा बिग्रेको वा नष्ट भएको राहदानीको सट्टामा बनाउनुपर्ने भएमा अ.ड. २२५
१० वर्ष मुनीको नाबालकको नयाँ वा नवीकरण अ.ड. ७५
१० वर्ष मुनीको नाबालकको हराएको वा बिग्रेको
वा नष्ट भएको राहदानीको सट्टामा बनाउनुपर्ने भएमा अ.ड. ११२।५०
६६ पेजको राहदानीको लागि
नयाँ बनाउन वा नवीकरण गर्न अ.ड. २००
हराएको वा बिग्रेको वा नष्ट भएको
राहदानीको सट्टामा बनाउनुपर्ने भएमा अ.ड. ३००
Please note that the Consulate General only accepts Cashier"s Check or Money Order for payment at present. Please make the Cashier"s Check or Money Order in the name of CONSULATE GENERAL OF NEPAL DALLAS.
अनलाइन राहदानी आवेदन (Pre Enrollment) भर्ने तरिका
(१) अनलाइन फाराम भर्नका लागि दिइएको लिङ्कमा (Link for ePassport Application) क्लिक गर्नुहोस । त्यसपछि Apply for Passport राहदानीका लागि आवेदन विकल्पमा क्लिक गर्नुहोस ।
(२) तत्पश्चात् देहायका चारवटा विकल्पमध्ये उपयुक्त एक विकल्प छनौट गर्नुहोस ।
पहिलो पटक राहदानी लिन (New)
म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)
हराएको/चोरिएको राहदानीको सट्टामा राहदानी लिन (Replacement-Lost/Stolen)
बिग्रेको राहदानीको सट्टामा (Damaged)
(३) तत्पश्चात् 34 pages र 66 pages मध्ये उपलब्ध र उपयुक्त विकल्पको छनौट गरी Proceed मा क्लिक गर्नुहोस । त्यसपछि आउने पेजमा I Agree स्वीकृत छ मा क्लिक गर्नुहोस ।
(४) त्यसपछि देखिने Appointment Country मा रहेको Nepal को सट्टामा Other विकल्प छनौट गर्नुहोस् । त्यससँगै देखिने Appointment Location का विकल्पमध्ये NCG, Dallas छनौट गर्नुहोस् । अब उपलब्धताका आधारमा आवेदनका लागि महावाणिज्यदूतावास आउनुपर्ने मिति र समय क्रमैसँग देख्न सकिनेछ । ति मध्ये आफूलाई अनुकुल हुने मिति र समय छनौट गर्नुहोस ।
(५) त्यसपछि देखापर्ने पेजको पहिलो खण्डमा रहेको DEMOGRAPHIC INFORMATION - जनसांख्यिक जानकारी खण्डमा देहाय अनुसारका सबै विवरणहरू भर्नुहोस ।
देखापर्ने जानकारी |
भर्नुपर्ने वा छनौट गर्नुपर्ने विवरण |
Last Name/ Surname: |
आवेदकको नेपाली नागरिकता प्रमाणपत्र/नाबालिग परिचयपत्र अनुसारको थर लेख्ने । - एक भन्दा बढी थर (जस्तै पौडेल क्षेत्री, खड्का परियार) भएमा सबै थर लेख्नु होस । थरको बीचमा बिन्दु (.) भएमा बिन्दु बाहेकको थर लेख्नु होस । (जस्तै जी.सी भएमा GC मात्र लेख्ने) |
First Name: |
आवेदकको नेपाली नागरिकता प्रमाणपत्र/नाबालिग परिचयपत्र अनुसार थर बाहेकको पहिलो र बीचको नाम लेख्ने । - नाम/थर उल्लेख गर्दा अक्षर बाहेक अरू उल्लेख गर्न सकिने छैन । साथैः नाम बाहेक अन्य चिनारी (जस्तै Dr., Mr., Ms) उल्लेख गर्नु हुँदैन । |
Gender: |
निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भए अनुसार पुरुषले M महिलाले F तथा अन्य ले X मा क्लिक गर्ने । |
Date of Birth (A.D): |
यस खण्डमा नागरिकता/नाबालिग परिचयपत्र अनुसारको जन्म मितिलाई रूपान्तरण गरी इश्वी संवतमा लेख्ने । नागरिकतामा वर्ष मात्र उल्लेख गरिएको रहेछ भने हालको राहदानीमा उल्लिखित जन्म मिति लेख्ने । |
Is this exact Date of Birth: |
Yes मा क्लिक गर्ने । |
Date of Birth B.S. (Nepali): |
आवेदकको नागरिकता/नाबालिग परिचयपत्र अनुसारको जन्म मिति विक्रम संवतमा लेख्ने । |
Place of Birth (District/Country if born abroad): |
आवेदकको नागरिकता/नाबालिग परिचयपत्रमा उल्लिखित जन्मस्थान भर्ने । नेपालमा जन्मिएका निवेदकले जिल्लाको नाम छनौट गर्ने। विदेशमा जन्मिएका आवेदकले भने Other विकल्प छनौट गरी Birth Country खण्डमा आफू जन्मिएको देश छनौट गर्नुहोस् । |
Father"s Last Name/Surname: |
नेपाली नागरिकता/नाबालिग परिचयपत्रमा उल्लेख भएको आफ्नो बाबुको थर उल्लेख गर्ने । |
Father"s First Name: |
नेपाली नागरिकता/नाबालिग परिचयपत्रमा उल्लेख भएको आफ्नो बाबुको थर बाहेकको नाम उल्लेख गर्ने । |
Mother"s Last Name/Surname: |
नेपाली नागरिकता/नाबालिग परिचयपत्रमा उल्लेख भएको आफ्नो आमाको थर उल्लेख गर्ने । |
Mother"s First Name: |
नेपाली नागरिकता/नाबालिग परिचयपत्रमा उल्लेख भएको आफ्नो आमाको थर बाहेकको नाम उल्लेख गर्ने । |
(६) सोही पेजमा रहेको CITIZENSHIP INFORMATION - नागरिकता सम्बन्धी जानकारी खण्डमा देहाय अनुसारका विवरणहरू भर्नुहोस ।
National Identity No (NIN- enter only digits): |
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भइ नसकेका आवेदकले उल्लेख गर्नु नपर्ने।राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भैसकेको भए सो उल्लेख गर्ने । |
Citizenship Number or Permit Number: |
आवेदकको नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालिग परिचयपत्रको नम्बर उल्लेख गर्ने । यस्तो नम्बर उल्लेख गर्दा अङ्क बाहेक अरू चिन्ह (जस्तै /, -) उल्लेख नगर्नुहोला । नागरिकता प्रमाणपत्रको नम्बर खण्डमा १४ अङ्क मात्र अटाउने भएकोले सोभन्दा बढि अङ्क भएमा पछिल्लो १४ वटा अङ्कलाई उल्लेख गर्नुपर्ने छ । उदाहरणका लागि ०७२-३१२-१३७९२/४३२७९६ नम्बरको नागरिकता प्रमाणपत्र भएको निवेदकले ३१२१३७९२४३२७९६ मात्र भर्नु पर्नेछ । |
Citizenship Date of Issue B.S. (Nepali date): |
नागरिकता/नाबालिग परिचयपत्र जारी भएको मिति विक्रम संवतमा उल्लेख गर्ने । प्रतिलिपि नागरिकता लिएको भए उक्त नागरिकतामा उल्लेखित जारी मिति अर्थात् सुरुमा नागरिकता जारी गरेको मिति उल्लेख गर्नुपर्नेछ । |
Citizenship Place of Issue (District): |
नागरिकता प्रमाणपत्र/नाबालिग परिचयपत्र जारी भएको जिल्लाको नाम लेख्नु पर्ने । विदेशमा जन्मेका बालबालिकाको हकमा पहिलोपटकका लागि मात्र विदेशस्थित नेपाली नियोगबाट उपलब्ध जन्म दर्ता वा अस्थायी नम्बर, मिति तथा नेपाली कूटनीतिक नियोग रहेको सहरको नाम उल्लेख गर्नुपर्ने छ । |
Citizenship Place of Issue (Abroad): |
विदेशमा जन्मेका बालबालिकाको हकमा पहिलोपटकका लागि मात्र नेपाली नियोगबाट जारी भएको जन्मदर्ता वा अन्य प्रमाणपत्र भए सो उल्लेख गर्नु पर्ने। अन्यथा आवश्यक नरहेको । |
(७) सोही पेजमा अर्को खण्डमा रहेको APPLICANT"S CONTACT DETAILS - आवेदकको सम्पर्क विवरण खण्डमा देहाय अनुसारका विवरणहरू भर्नुहोस ।
Mobile Number: |
आवेदकको हालको फोन नं. उल्लेख गर्ने । तर यसमा Country Code राख्न भने मिल्दैन । |
Email: |
आवेदकको इमेल ठेगाना उल्लेख गर्नुपर्ने । |
Main Address House Number: Main Address Street/Village: Main Address Ward: Main Address Country: Main Address Province: Main Address District: Main Address Municipality: |
आवेदकको नेपालको स्थायी ठेगाना अनुरूपको घर नम्बर वा ब्लक नम्बर भएमा सो नम्बर, सडक वा गाउँको नाम, वडा नम्बर, प्रदेश, जिल्ला, पालिकाको नाम क्रमैसँग लेख्नु पर्नेछ । तर घर नम्बर वा ब्लक नम्बर नभएमा उक्त स्थान खाली छाड्न सकिनेछ । |
(८) सोही पेजमा अर्को खण्डमा रहेको CONTACT DETAILS IN CASE OF EMERGENCY - जरुरी परेमा सम्पर्क गर्ने विवरण खण्डमा देहाय अनुसारका विवरणहरू भर्नुहोस ।
Last Name/Surname: |
जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको थर लेख्ने । |
First Name: |
जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको थर बाहेकको पहिलो र बीचको नाम लेख्ने । |
House Number: Street/Village: Ward Number: Country: Province: District: Municipality: |
जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको तत् अनुसारका ठेगानाका विवरण उल्लेख गर्ने । सकेसम्म नेपालमा रहेका आफन्तको विवरण उपलब्ध गराउनुहोला । |
Phone |
जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको नेपालको फोन नम्बर र इमेल उल्लेख गर्ने । |
(९) सोही पेजमा अन्तिम खण्डमा रहेको LAST/CURRENT PASSPORT INFORMATION - अन्तिम/हालको राहदानी सम्बन्धी जानकारी खण्डमा देहाय अनुसारका विवरणहरू भर्नुहोस ।
यी विवरणहरु पहिलो पटक राहदानी लिन (New) विकल्प छनौट गरेका आवेदकका लागि आवश्यक छैनन ।
Last Name/Surname: |
हाल साथमा रहेको वा बहाल अवधि समाप्त भएको राहदानीको जारी मिति उल्लेख गर्ने । |
Place of Issue (District) - For Existing Passport: |
हाल साथमा रहेको वा बहाल अवधि समाप्त भएको राहदानी नेपालबाट जारी भएको भए सम्बन्धित जिल्ला वा राहदानी विभागको विकल्प छनौट गर्ने । |
Place of Issue (Abroad) - For Existing Passport: |
हाल साथमा रहेको वा बहाल अवधि समाप्त भएको राहदानी कुनै विदेशस्थित नेपाली नियोगबाट जारी भएको भए सम्बन्धित नियोगको विकल्प छनौट गर्ने । |
Latest Passport or Travel Document or Latest Seaman"s Record Book: |
हाल साथमा रहेको वा बहाल अवधि समाप्त भएको राहदानीको नम्बर उल्लेख गर्ने । |
यी सबै विवरण भरिसकेपछी Next मा क्लिक गर्ने ।
(१०) तत्पश्चात तोकिएका कागजात अपलोड गर्ने । कागजात अपलोड गर्दा सक्कल कागजात स्क्यान गरी 300 KB वा सो भन्दा कम आकारको बनाइ फाराम भर्नु अगाडी तयार गर्नु होला ।
(११) सम्पूर्ण फाराम भरिसकेपछि भरिएको सबै विवरण पेश हुने कागजातबमोजिम मिले नमिलेको रुजू गरी त्यसलाई सुरक्षित (Save) गर्ने र अनलाइन पेस गर्ने ।
(१२) फाराम पेश गरिसकेपछि Download PDF विकल्प छनौट गरी उक्त फाराम डाउनलोड गर्नुहोस् । डाउनलोड गरेको फारामको डिजिटल प्रति आफूसँग सुरक्षित राख्नुहोस् । उक्त फाराम प्रिन्ट गरी निर्धारित समयमा महावाणिज्यदूतावासमा आउनुहोस् ।
-पुनश्चः राहदानी आवेदनमा त्रुटि भएमा पुनः शुल्क तिरी नयाँ राहदानी आवेदन दिनु पर्ने भएकोले राहदानी आवेदनमा विवरण भर्दा होसियारी पूर्वक सही सूचना भर्नुहोस । सकभर आफै भर्नुहोस् र अरूले सहयोग गरेको खण्डमा विवरण आफै रुजू गर्न नभुल्नू होस् ।
- साथैः एक पटक फाराम बुझाए पछि तपाइँलाई कुनै त्रुटि भएको थाहा भयो भने महावाणिज्यदूतावासमा फोटो खिच्ने समयमा अनुरोध गरी सच्याउन सकिन्छ । विवरण सच्याए पछि फाराममा दस्तखत गर्नु अघि राम्रोसँग रुजू गर्नु होला ।
तर फोटो खिचेर फारामलाई अन्तिम स्वीकृति दिए पछि भने सच्याउन सकिने छैन । त्यसपछि त्रुटि भएको थाहा भयो भने राहदानी रद्द गरी सबै प्रक्रिया पुनः सुरुबाटै गर्नु पर्ने हुन्छ । फेरी राजस्व तिर्नुपर्ने हुन्छ । त्यसैले अन्तिम स्वीकृति दिनुभन्दा पहिले आफ्नो विवरण राम्ररी रूजू गर्नुहोला र सबै विवरण ठिक छ भने मात्र अन्तिम स्वीकृति दिनुहोला ।