प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन नेपाल सरकारको हार्दिक अपिल

https://opmcm.gov.np/content/586/heartfelt-appeal/

 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन नेपाल सरकारको हार्दिक अपिल

 

आज मिति 2083 भदौ 10 गते बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लामा तटीय क्षेत्रहरू प्रभावित बनेका छन् । बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरूलाई तीव्रता दिएको छ । बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ । यस विपदबाट प्रभावितहरूलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्नेछ भने अर्कोतिर उहाँहरूलाई दीर्घकालिनरूपमा पुनर्स्थापना गर्न उत्तिकै जरुरी छ ।

त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौँ ।

विदेशबाट सहयोग गर्नका लागि देहायका लिन्कमा क्लिक गर्नुहोलाः

https://pmdrf.nchl.com.np/

https://pmrelieffund.himalayanbank.com/